You are viewing the translated version of प्राकृतिक प्रकोप पूर्व तयारी, न्यूनीकरण तथा उद्धारमा सूचना तथा सञ्चार प्रविधि.

Section 18
प्राकृतिक प्रकोप पूर्व तयारी, न्यूनीकरण तथा उद्धारमा सूचना तथा सञ्चार प्रविधि
१२.१८.१ प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण, पूर्वानुमान, पूर्व तयारी, असर न्यूनीकरण तथा उद्धारमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगबारे कार्यक्रम तर्जुमा गरी लागु गरीने छ ।

१२.१८.२ प्राकृतिक प्रकोप पूर्व तयारी, असर न्यूनीकरण, राहत तथा उद्धारमा अन्तर्राष्ट्रिय स्तरमा भएका सफलतम प्रचलनहरू (Best Practices) नेपालको सन्दर्भमा प्रभावकारी बनाउन विशेष पहल गरिनेछ । विपतका बेला दूरसञ्चार सेवालाई दुरुस्त रुपमा परिचालन गर्न विपत व्यवस्थापनलाई सहज बनाउन एक आपतकालीन दूरसञ्चार रणनीति तयार गरी कार्यान्वयन गरिनेछ ।